तेश्रोपटक मन्त्रिपरिषद विस्तार, १३ मन्त्रीले खाए शपथ

शुक्रबार, ०२ चैत्र २०७४, १८ : ५१
तेश्रोपटक मन्त्रिपरिषद विस्तार, १३ मन्त्रीले खाए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ५ मन्त्री थपिएर यसको आकार २० सदस्यीय बनेको छ । एमाले र माओवादी मन्त्रीहरुलेशुक्रबार राष्टपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएका छन् ।

एमालेका नयाँ मन्त्री:
परराष्ट्र, प्रदिप ज्ञवाली
श्रम तथा रोजगार,गोकर्ण विष्ट
पर्यटन, रविन्द्र अधिकारी
युवा तथा खेलकुद, जगत विश्वकर्मा
भौतिक पूर्वाधार रघुवीर महासेठ
सूचना तथा सञ्चार, राज्यमन्त्री, गोकुल बास्कोटा
स्वास्थ्यराज्यमन्त्री पदमा अर्याल
कानुनमन्त्री शेरबहादुर तामाङ

माओवादीबाट बनेका नयाँ मन्त्री:
शिक्षा, गिरिराजमणि पोखरेल
उर्जा तथा जलस्रोत, वर्षमान पुन
कृषि तथा सहकारी, चक्रपाणि खनाल
खानेपानी, बिना मगर
वन तथा वातावरण, शक्ति बस्नेत

 

प्रतिक्रिया दिनुहोस