ओली समूहको नेकपाले तोक्यो प्रदेश इन्चार्ज

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १६ : ४४
ओली समूहको नेकपाले तोक्यो प्रदेश इन्चार्ज

काठमार्डौँ । नेकपा केपी ओली समूहले प्रदेशको इन्चार्ज तोेकेको छ । ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रचण्ड नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ। प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ। प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन्। 

बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी  शाक्यको ठाउँमा ईश्वर पोखरेल जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज तोकिएको छ । कर्णालीमा जनार्दन शर्माको ठाउँमा मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। 

सुदूर पश्चिममा भीम रावलको ठाउँमा लेखराज भट्टलाई संयोजक तोकिएको छ।  जनवर्गीय संगठनको मोर्चामा टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस