नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, ११ : २७
नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ ।

संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’

प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस