काठमाडौँ । प्रचण्ड–माधव नेपाल समूहले नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । त्यसलाई सर्वसम्मतिले पारित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १७ : २२
लेखकबाट थप