प्रचण्ड-माधव पक्षिय बस्ने केन्द्रीय कमिटी बैठक वैधानिक होइन : प्रदीपकुमार ज्ञवाली

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १३ : ३७
प्रचण्ड-माधव पक्षिय बस्ने केन्द्रीय कमिटी बैठक वैधानिक होइन : प्रदीपकुमार ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई नेकपा अ‍ोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएका छन् ।

प्रवक्ता  ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएको बताए ।  ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उनले भने ।

अ‍ोली पक्षको केन्द्रीय समितिको बैठक सकेपछि पत्ररकारसँग कुरा गर्दै उनले पार्टीको विधान अनुसार महासचिवले बैठक बोलाउनुपर्ने भएकाले त्यो बैठक महासचिवले बोलाएको नभएकाले आधिकारिक हुन नसक्ने टिप्पणी गरे । 

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा पनि प्रचण्ड–नेपाल पक्षलाई बोलाएको तर उनीहरु नआएको उनले बताए । उनले भने, ुपार्टीको अध्यक्ष र महासचिवले गर्ने निर्णय नै अधिकारीक हुन्छ ।’ 

पार्टी विभाजन नभएको कुरा पटक पटक दोहोराए उनले आफ्नो थैलीको मुख राम्ररी बाँधे अरुलाई दोष दिनु नपर्ने भन्दै अब पार्टी महाधिवेशनको तयारीमा लाग्ने र नयाँ नेतृत्वका साथ चुनावमा जाने प्रतिकृया दिए । 

अगामी निर्वाचनका लागि निर्वाचन आयोगले तयारी शुरु गरिसकेको बताउँदै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यलाई विरोध गर्नुको कुनै तुक नरहेको प्रतिकृया दिए । 

उनले भने, ुकसैले सार्वजनिक खपतका लागि विरोध गरिरहेका छन् भने त्यो बेग्लै कुरा हो । तर प्रधानमन्त्री अ‍ोलीले ६४ प्रतिशत सांसदको बहुमत प्राप्त गरेर प्रधानमन्त्रीको हैसियतमा जे गर्नुभयो त्यो राम्रोका लागि गर्नुभयो ।ु
 

प्रतिक्रिया दिनुहोस