काठमाडौं। सत्तारुढ दल नेकपाभित्र आन्तरिक कलह चुलिरहदा दुवै पक्षका नेता कार्यकर्ता बिच वाकयुद्ध चल्न थालेको छ । आरोप प्रत्यारोपमा नेताहरु उत्रिरहेका बेला केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले माओवादीसँग मिलेर चुनाव जितेका नेताहरु नै साविक माओवादीप्रति कठोर र असहिष्णु बनेको आरोप लगाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा शनिबार बिहान ट्वीट गर्दै उनले भनेका छन्–‘ जो नेताहरु माओवादीको सहयोगले चुनाव जिते, उनीहरु नै साविक माओवादीप्रति कठोर हुनुको कारण आफूले बुझ्न सकिएन ।’
रिजालले साविक माओवादीकै कारण उनीहरुले पारिवारिक र राजनीतिक लाभ लिइरहेको दावी गरेका छन्। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालनिकट नेता रिजालले पोखरेललाई २०७० र २०७४ को चुनावी नतिजा तुलना गर्नसमेत भनेका छन् ।
रिजालले ट्वीटमा लेखेका छन्, ‘‘माओवादीसँग एकता भएकै कारण एमालेका जो–जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहॉहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन। ०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा क–कसले हारे–जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।’’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १२ : १३
लेखकबाट थप