वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ ।
उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो ।
हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गर्नु भएको हो ।
राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ ।
उहाँले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आउनु भएको छ ।
उहाँले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिनु भएको छ । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् ।
बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक हुनुहुन्थ्यो । उहाँको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन ।
निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उहाँप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आउनु भएको थियो । उहाँले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गर्नु भएको थियो । (रासस-एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ मंसिर २०७७, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस–युक्रेन युद्धमा ट्रम्पले पुटिनलाई दिए यस्तो चेतावनी
शपथ ग्रहण अघि ट्रम्पलाई झट्का
ट्रम्पलाई ह्वाइट हाउसमा बाइडेनले यसरी गरे स्वागत
ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती
रुसी राष्ट्रपतिले ट्रम्पलाई दिए मौखिक बधाई
ट्रम्पको कथा : एक क्यासिनो अपरेटर कसरी राष्ट्रपति बने ?