मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मौखिक बधाई दिएका छन् । रुसमै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुटिनले ट्रम्पलाई विजयी भएकोमा बधाई दिएका हुन् ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभका अनुसार पुटिनले बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पलाई बधाई दिएका हुन् ।
आफू अमेरिकी जनताको विश्वासप्राप्त राष्ट्राध्यक्षसँग सहकार्य गर्न तयार रहेको पनि पुटिनले आफ्नो भाषणमा बताएको पेसकोभको भनाइ छ ।
पुटिनले ट्रम्पलाई ‘साहसी व्यक्ति’ भनेका छन् । पहिलो कार्यकालमा ट्रम्पलाई चारैतिरबाट ट्रम्पलाई सताउने काम भएको पनि पुटिनले बताएका छन् ।रुसी राष्ट्रपति पुटिनले अहिलेसम्म ट्रम्पलाई औपचारिक रूपमा भने बधाई सन्देश पठाएका छैनन् ।
ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो वार्ता हुने सम्भावना औंल्याएकै समयमा पुटिनको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १२ : २३
लेखकबाट थप