त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान दुर्घटनामा परेको छ । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो । अहिलेसम्म १४ घाइतको उद्धार गरिएको छ । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए । घाइतेहरुलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ ।
अहिले घटनास्थलमा नेपाली सेवा, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै उपत्यकामा उपलब्ध सबै एम्बुलेन्स आगलागी नियन्त्रणका लागि खटिएका छन् ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस