डोटी । भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् ।
भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ ।
बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा सोहम शाहले बताए । घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो ।
यस वडामा वर्षेनी भालुले आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलको आक्रमणका कारण जिल्लामा वर्षेनी केहीको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ कार्तिक २०७७, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा भालुको आक्रमणबाट महिला घाइते
निउरो टिप्न गएकी युवती भालुको आक्रमणमा परिन्
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते