नवलपरासी । नवलपरासीको बर्दघाटमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते भएकी छन्।
बर्दघाट नगरपालिका- २ संसारकोट निवासी ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा आइतबार दिउँसो स्थानीय जंगलमा गएको बेला भालुको आक्रमणमा परेकी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार खिममाया आइतबार दिउँसो साढे १ बजे आफ्नो घरबाट झण्डै दुई किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निउरो टिप्न जाँदा भालुले आक्रमणमा परेकी हुन्। भालुले चिथोर्दा उनको अनुहारमा गम्भीर चोट लागेको छ।
उनलाई सुरुमा पचारको लागि आफन्तले चिसापानी अस्पताल चिसापानी लगेका थिए। त्यहाँ सामान्य उपचार पश्चात उनलाई आइतबार साँझ थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा भालुको आक्रमणबाट महिला घाइते
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते