काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार १९७ जनाको पिसिआर परीक्षणमा १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन/तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका सात जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ११७ पुगेको छ ।
प्रदेशमा सोही अबधिमा ३५० जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ४६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ६७ हजार ३०० सयको पिसिआर परीक्षण गरिएको थियो छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ कार्तिक २०७७, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै