एजेन्सी । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएका एक व्यक्ति निर्वाचनमा विजयी भएका छन् । रिपब्लिकन पार्टीका डेभिड अन्दाहल उत्तरी डाकोटामा राज्यको विधायक चुनिएका हुन् ।
यसै वर्षको सुरुवातमा उनले रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा शक्तिशाली व्यक्तिहरुलाई हराएर टिकट पाएका थिए । त्यसयता, गर्भनर डग बुुर्गमजस्ता व्यक्तिहरु उनको पक्षमा थिए । तर चुनावी अभियानकै कारण कोरोनाका कारण ५५ वर्षीय अन्दहलको गत ५ अक्टुुबरमा निधन भयो ।
संक्रमणका कारण अस्पताल भर्ना भएको एक साता नबित्दै उनको निधन भएको थियो । त्यसयता, अन्दहल विजयी भएमा के हुने भन्ने विषयमा उत्तरी डाकोटाका न्यायधिवक्ता वाइनी स्टेनइजेमले गत महिना स्पष्ट पारेका थिए । वाइनीका अनुसार अब यस राज्यको रिपब्किलन पार्टीको कमिटीले आफ्नै पार्टीका अन्य व्यक्तिलाई उनको साटो विधायक नियुक्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० कार्तिक २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन