न्यूयोर्क । डोनाल्ड ट्रम्पले २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यमा जित हासिल गरेका छन् । २०१६ मा पनि उनले यस राज्यमा जित हासिल गरेका थिए । अधिकांश राज्यबाट मतपरिणाम आउने क्रम जारी नै छ ।
आगामी कार्यकाल ट्रम्पले नै निरन्तरता पाउनेछन् वा डेमोक्रेटिकतर्फका प्रतिस्पर्धी जो बाइडेन विजयी हुन्छन् भन्ने तय गर्नका लागि यी ४ राज्यको मतपरिणाम निर्णायक हुनेछ ।
जर्जिया
जर्जियामा ७ प्रतिशत मतगणना भइसक्दा ट्रम्पको अग्रता कायम छ । ट्रम्पका पक्षमा ५६ दशमलव २ प्रतिशत र बाइडेनका पक्षमा ४६ दशमलव ५ प्रतिशत मत छ । यस राज्यलाई रिपब्लिकन पार्टीको पकड क्षेत्र मानिन्छ । यहाँबाट २०० मा जोन म्याक केन, २०१२ मा मिट् रोम्नी र २०१६ मा ट्रम्पलाई मत आएको थियो ।
मिचिगन
मिचिगन ६२ प्रतिशतभन्दा धेरै मतगणना भइसक्दा ट्रम्प अगाडि छन् । उनले ५३ दशमलव ८ प्रतिशत र जो बाइडेनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएका छन् । मिचिगनको इलेक्टोरल भोटर संख्या १६ जना छ । यस राज्यबाट २००८ र २०१२ मा बाराक ओबामाका पक्षमा मत खसेको थियो भने २०१६ मा ट्रम्प विजयी भएका थिए ।
पेन्सिलभेनिया
पेन्सिलभेनियामा ६४ प्रतिशत मतगणना हुँदा ट्रम्पले फराकिलो अग्रता लिएका छन् । यहाँबाट २० जना इलेक्टोरलले प्रतिनिधित्व गर्छन् । ट्रम्पका पक्षमा ५६ दशमलव ७ प्रतिशत मत छ भने जो बाइडेनका पक्षमा ४२ दशमलव १ प्रतिशत मत मात्रै छ ।
विस्कन्सिन
१० इलेक्टोरल रहेको विस्कन्सिनमा ८६ प्रतिशत मतगणना हुँदासम्म बाइडेनका पक्षमा ४६ दशमलव ३ प्रतिशत मत मात्रै खसेको छ । ट्रम्पका पक्षमा ५१ दशमलव २ प्रतिशत मत खसेको छ ।
कोरोना भाइरसका कारण कतिपय मतदाताले हुलाकमार्फत भोट खसालेकाले अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्नसक्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ कार्तिक २०७७, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
ट्रम्पद्वारा ४ नयाँ आदेशमा हस्ताक्षर– सेनामा ट्रान्सजेन्डरलाई निषेध, समावेशिता हटाइने
ट्रम्प-मोदी फोन वार्ता, के भयो कुराकानी ?
क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प