ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १० : ५७
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम

वासिङ्टन डिसी । ह्वाइट हाउसले राखेका मागहरू अस्वीकार गरेको केही घण्टा नबित्दै डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ अर्ब डलर बराबरको संघीय सहायता रकम रोकेको छ ।

‘हार्वर्डको आजको बयानले हाम्रो देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त समस्याग्रस्त मानसिकतालाई दर्साउँछ,’ शिक्षा विभागले एक विज्ञप्तिमा भनिएको छ ।

ह्वाइट हाउसले गत हप्ता हार्वर्डलाई मागहरूको एउटा सूची पठाएको थियो जसको उद्देश्य क्याम्पसमा यहुदीविरोधी भावनालाई नियन्त्रण गर्नु थियो । यसमा प्रशासन, भर्ना र सञ्चालन प्रक्रियामा परिवर्तनहरू समावेश थिए ।

ह्वाइट हाउसले आफ्नो समुदायलाई ‘नियन्त्रण’ गर्न खोजेको भन्दै हार्वर्डले सोमबार ती मागहरू अस्वीकार गरेको जानकारी दिएको थियो ।आफ्नो नीति परिवर्तन गर्न ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्ने हार्वर्ड पहिलो अमेरिकी विश्वविद्यालय हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि गाजामा इजरायली आक्रमण र इजरालयलाई अमेरिकी समर्थनको विरोधमा गत वर्ष देशभर भएका प्रदर्शनहरूमा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई संरक्षण गर्न नसकेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस