काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मङ्गलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ ।
प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ कार्तिक २०७७, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ