काठमाडौं । भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।
अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् । ‘रिम्पोचे ज्ञानबज्रले फलामको डन्डीले हाम्रा नानीहरूलाई हिर्काएछन्,’ सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पाले भने, ‘मेरा १७ र १३ वर्षका छोराहरू एकेडेमीकै विद्यार्थी भएको ७ वर्ष भइसक्यो, पहिलो पटक यसरी कुटिएको घटना सुनें ।’ उनी छोराहरूलाई घर फर्काउन मद्दत मागिरहेका छन् ।
शेर्पाका अनुसार एकेडेमीमा नेपाली गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने गरिन्छ । हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् । शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ । ‘मैले पनि लुम्बिनीबाटै छोराहरू रिम्पोचेलाई बुझाएको थिएँ,’ शेर्पाले भने, ‘तर यो वर्ष अलिक ननिको काम त्यहाँ भयो । चार महिनाअघि लकडाउनकै बेला मेरो भाइको छोरालाई पागल भन्दै बोर्डरमा ल्याएर छाडिदिए, त्यो छोराको मानसिक उपचार
गर्दै छौं ।’ शाक्य एकेडेमीमा आफ्ना छोराछोरीले कुटपिट बेहोरेको र खानपिनसहितका समस्या खेपेको जानकारी रामेछाप, गुम्देलका टेन्डी शेर्पाले बुधबार दिउँसो मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिएका थिए ।
टेन्डीका अनुसार सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङसहितका ३० भन्दा बढी जिल्लाका लामा विद्यार्थी शाक्य एकेडेमीमा पढ्छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ कार्तिक २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
दाङमा वडा सदस्यबाट कुटिए प्रधानाध्यापक
कार्यपालिका बैठकमै कुटिए हाकिम जोशी र प्रवक्ता सिंह
सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको कुटपिटमा काठमाडौँ महानगरले थाल्यो छानबिन