२०३४ सालदेखि हुँदै आएको कांग्रेसको चियापान यस वर्ष रोकियो

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १५ : ०८
२०३४ सालदेखि हुँदै आएको कांग्रेसको चियापान यस वर्ष रोकियो

file-photo

काठमाडौं । नेपाली कांग्रेसले २०३४ सालदेखि हुँदै आएको कांग्रेसको चियापान यस वर्ष रोकिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष कांग्रेसले कोरोनाका कहरका कारण स्थगित गरेको छ ।

कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम हुँदै आएको थियो । 
 

प्रतिक्रिया दिनुहोस