काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।
शुक्रबार उम्मेदवारी मनोनयनका क्रममा महराबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउने प्रस्तावमा एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव तथा माओवादी सांसद देव गुरुङले समर्थन गरेका थिए ।
संसदमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि महरालाई आफ्नो समर्थन रहेको जनाए । सदनलाई निष्पक्ष ढंगले सहमतिका आधारमा अघि बढाउन उनको सुझाव थियो ।
प्रतिक्रिया दिनुहोस