साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्दै

रासस

मंगलबार, ०४ कार्तिक २०७७, ०६ : २६
साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्दै

काठमाडौं । साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भिœयाएको हो ।

सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस