काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।
कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दसैं खर्च सरकारले कोभिड-१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिएका हुन् ।
कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिए ।
प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए । उनले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ कार्तिक २०७७, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाद्वारा काँग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी
महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रस्तावमा कांग्रेस सहमतिनजिक
शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक