चितवन । कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो । यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा. दयाराम चापागाईले बताए ।
“काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० असोज २०७७, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किन छिटो हुर्कन थाले ब्रोइलर कुखुरा ?
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
कुखुरा मासुको मूल्य वृद्धि
स्नातकोत्तर गरेका अर्यालको नमुना कुखुरापालन
कैलालीमा गम्बोरोले पाँच हजार भन्दा धेरै कुखुरा मरे
भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा