किन छिटो हुर्कन थाले ब्रोइलर कुखुरा ?

पत्रपत्रिकाबाट

बुधबार, १७ पुस २०८१, ०७ : ४२
किन छिटो हुर्कन थाले ब्रोइलर कुखुरा ?

काठमाडौ । नेपालमा अहिले ब्रोइलर कुखुरा छिटो हुर्कन थालेका छन् । ९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४० देखि ४५ दिनमै तयारी भएको पाइन्छन् । 

चितवन भरतपुरकी किसान पार्वती दाहालले ४५ दिनमै आफूले पालेको ब्रोइलर कुखुरा बेचिन्। “४५ दिनमा बेच्दा मैले पालेको कुखुरा बढीमा तीन किलो दुई सय ग्रामसम्मका भए । साना कुखुरा पनि दुई किलो छ सय ग्रामभन्दा बढी थियो,” उनले भनिन् । उनले पहिला ९० दिनसम्म पनि कुखुरा पालेर बेचेको अनुभव सुनाइन् ।  

 कुखुराविज्ञ तथा कृषि तथा वन विश्वविद्यालयका प्राडा रेवन्दकुमार भट्टराई पछिल्लो समय नेपालका कुखुरा चाँडै हुर्किरहेका बताउँछन् । 

“कुखुराको वंश सुधार, सुधारिएको गुणस्तरीय दाना, वातानुकूल र प्रविधिमैत्री खोरका कारण अहिले नेपालमा चाँडो कुखुरा हुर्किरहेका छन्,” उनले भने । गोरखापत्रमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस