काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना ९साउन० मा पनि रेमिट्यान्समा कोभिड–१९ को असर परेको छैन । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको त्यही अवधिको तुलनामा यो २३ प्रतिशत बढी हो ।
अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह २ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशत बढेको थियो । नेपालमा लकडाउन सुरु भएको महिना ९गत चैतमा० ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरिएको थियो । किनकि अघिल्लो महिना करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो ।
तेल उत्पादन गर्ने खाडीलगायतका मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको र ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिड–१९ को असर कम देखिएको हुनाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभाव परेको राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘कोभिड–१९ का कारण चीनको अर्थतन्त्रमा धेरैले गिरावट आउने अनुमान थियो । तर चीनले नियन्त्रणमा लिइहाल्यो,’ उनले भने, ‘चीनको अर्थतन्त्रमा गिरावट नआएकाले विश्व बजारमा वस्तु तथा सेवाको माग घटेन ।’
भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा गएका धेरै मानिस नफर्किएकाले पनि रेमिट्यान्स धेरै नघटेको भट्टको भनाइ छ । ‘अमेरिकालगायत ठूला अर्थतन्त्र भएका मुलुकले कोभिड–१९ का कारण लामो समय लकडाउन गरेनन्,’ उनले भने, ‘यसकारण पनि विश्व अर्थतन्त्र अपेक्षित रूपमा खस्किन पाएन । त्यसको सकारात्मक प्रभाव रेमिट्यान्समा पर्यो ।’
लकडाउन सुरु भएपछि राष्ट्र बैंकले पनि १० प्रतिशतभन्दा धेरैले रेमिट्यान्स घट्ने अनुमान गरेको थियो । रेमिट्यान्स आउने प्रमुख राष्ट्रमा कोरोनाको असर धेरै रहेको भन्दै घट्ने अनुमान गरिएको थियो । गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० असोज २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स
एक वर्षको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक, साढे १४ खर्ब रेमिट्यान्स भित्रियो (पूर्णपाठसहित)
सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अलजजिराबीच रेमिट्यान्स सम्झौता
रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्रीसँग माग
७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स