सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अलजजिराबीच रेमिट्यान्स सम्झौता

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, १३ : ०१
सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अलजजिराबीच रेमिट्यान्स सम्झौता

काठमाडौं। यूएईको ख्यातिप्राप्त  अलजजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरू भएको छ ।​सम्झौतासँगै यूएईमा रहेका नेपालीहरूलेअलजजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ ।साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने बैंकले जनाएको छ।

यस सम्झौताका आधारमा  यूएईमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहज र गुणस्तरिय विप्रेषण सेवा प्रदान हुने विश्वास बैंकको छ ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ ।​अलजजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड CITY 100 प्रयोग गरी भुक्तानी लिँदा  १०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस