काठमाडौं । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
उनले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ । उनले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।
रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ असोज २०७७, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन