प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

बुधबार, २३ फागुन २०७४, १६ : ३२
प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सांसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो ।   बुधबार  अधिवक्ता यज्ञमणि न्यौपानेले शपथ नलिएको व्यक्तिलाई संसद्ले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरेका हुन् ।   रिटको शुक्रबार पेशी तोकिएको छ ।  रिटमा न्यौपानेले प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्न माग गरेका छन् ।

शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने भएकाले त्यसरी बनेका व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने रिट दायरकर्ता न्यौपानेले बताए । उनले भने –प्रतिनिधिसभाको गठन संविधानको धारा ९३ बमोजिम हुन्छ, क्याविनेटको सिफारिसमा राष्ट्रपतिले सदन आव्न गर्ने व्यवस्था छ । त्यसपछि धारा ८८ मा संसदको सपथको व्यवस्था छ, अनिमात्रै धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्छ यी सवै प्रकृया नपुगेकाले रिट दायर गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस