काठमाडौं । एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन् ।
गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने गरेको थियो । तर यस वर्ष उपत्यकाका कलेहरूले एसइईको नतिजामाथि विश्वास गर्न सकेका छैनन् । त्यही भएर विद्यार्थीसँग कक्षा ८ र ९ को समेत नतिजा मागेका छन् ।
कतिपय कलेजले विद्यार्थी भर्नाका लागि कक्षा १० सँगै ८ र ९ को नतिजा मागेका छन् । कतिपय कलेजले छात्रावृत्ति उपलब्ध गराउन भन्दै तल्लो कक्षाको नतिजा मागेको बताउने गरेका छन् । जुनसुकै बहानामा तल्लो कक्षाको नतिजा मागिए पनि मुख्य कारण भने यसपालिको एसइई नतिजामा विश्वास गर्न नसक्नु नै हो ।
केही कलेजले कक्षा ८ र ९ को नतिजा नमागेर कक्षा १० कै पाठ्यक्रममा आधारित भएर विद्यार्थीसँग पुनः लिखित परीक्षासहित अन्तर्वार्ता लिइरहेका छन् । यसअघिको भर्नामा यस्तो कहिल्यै गरिएको थिएन। नागरिक दैनिकमा खरब छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ भदौ २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूले रोके एसइईको उत्तर पुस्तिका परीक्षण
नियमित तर्फको एसइई परीक्षा सम्पन्न
एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेतृ भुसाल
पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न
एसइई परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने