काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरेको छ ।
आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) २०८१ पौष १२ देखि २०८१ माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर रु पाँच सयसहित आवेदन फाराम भराउन आग्रह गरेको छ ।
सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले उल्लेखित सूचना बमोजिम विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका कार्यहरूमा सम्बन्धित प्रदेश अन्तरगतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
एसइईमा उत्कृष्ट अंक ल्याउने १५ विद्यार्थी पुरस्कृत
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण (विवरणसहित)
एसइई नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक क्यालेन्डर
एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गरिने