काठमाडौं । नेत्रविक्रम चन्द समूहका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गर्नुभएको छ । जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उहाँले आत्मसमर्पण गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गर्नुभएको हो ।
ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उहाँकै घरबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २३ भदौ २०७७, २० : ३६
लेखकबाट थप