प्रदेशसभा सदस्य कोरोना सङ्क्रमित

रासस

आइतबार, २१ भदौ २०७७, २१ : १५
प्रदेशसभा सदस्य कोरोना सङ्क्रमित

काठमाडौँ । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आज प्राप्त रिपोर्टले उहाँमा सङ्क्रमण देखाएको हो । प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले आज स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । 

यता प्रदेशसभा सदस्य श्रेष्ठले रासससँग कुरा गर्दै भन्नुभयो, “स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु । स्वास्थ्य अवस्था सामान्य छ ।

मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको टे«सिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ ।” यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ । यस अघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि उहाँहरु चार दिनदेखि आइसोलेसनमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस