काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ ।
निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यससँगै कोरोनाबाट हालसम्म हेटौँडामा महिला र पुरुष गरी सात जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ भदौ २०७७, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै