अर्थमन्त्री खतिवडाले आजै पद छोड्दै, क्याबिनेटमा बिदाई सम्बोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, ०८ : २८
अर्थमन्त्री खतिवडाले आजै पद छोड्दै, क्याबिनेटमा बिदाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निक्कै जोडबल गर्दा पनि सत्तारुढ दल नेकपाले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनित कोटामा पून नियुक्ति गर्ने प्रयासको हिजोबाट ढोका बन्द भएको छ । उपाध्यक्ष वामदेव गौतमका लागि ढोका उघार्दै खतिवडा सरकारबाट बाहिरिदै छन् । 

पार्टीका कुनै औपचारिक कमिटिमा नबसि एकैपटक तत्कालिन एमाले र माओवादी बीचको एकतापछि ओलीको आर्शीवादमा उनले एकैपटक पार्टीको केन्द्रीय समिति सदस्यको जिम्मेवारी पाएका थिए । त्यक्तिमात्र होइन, २०६६ सालयता खतिवडाले राजनीतिक लाभै लाभ लिन पाएका थिए । एक दशकयता देशको अर्थनीति निर्माणको तीन वटै महत्वपूर्ण मुकाम नेपाल राष्ट्र बंैक, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएका खतिवडाको सम्वैधानिक ब्यवस्थाकै आधारमा भोलि बेलुकीसम्म मात्र संसद पद कायम रहने भएपछि उनले अब पद छोडने तयारी गरेका छन् । उनी निकट स्रोतका अनुसार, उनले आजै आफ्नो पदबाट राजीनामा दिदैछन् । 

अर्थ र सूचना तथा सञ्चारप्रविधि गरी दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उनले दुवै पदबाट आज राजीनामा दने अन्तिम तयारी गरेका छन । त्यसका लागि उनले आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपछि राजीनामा दिने तयारी गरेका हुन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय आजको मन्त्रिपरिषदका् बैठकले गर्दैछ । त्यही बैठकमा खतिवडाले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेयताका विषयमा केन्द्रीत रहेर फेयरवेल सम्बोधन गर्ने (बिदाई मन्तब्य) दिने तयारी गरेका छन् ।  उहाँका लागि आजको क्याविनेट बैठक नै अन्तिम हुनेछ ।

यो बैठकमा उहाँले बिदाई मन्तब्य दिएर आफ्नो राजीनामा पनि दिनेछन्, उनी निकट स्रोतले भन्यो । ओलीले ०७४ फागुनमा सरकारको नेतृत्व सम्हाल्नासाथ पार्टीभित्रका बलिया आकांक्षीहरु महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, इश्वर पोखरेल लगायत नेतालाई पन्छाउँदै खतिवडालाई अर्थमन्त्री रोजेका थिए । बिना राजनीतिक योगदान पार्टी र सरकारमा रजगज गर्दै आएका अर्थ तथा सञ्चारमन्त्रीसँग नेकपाका अधिकाशं नेता सन्तुष्ट थिएनन । उनीसँग मात्र प्रधानमन्त्री मात्रै सन्तुष्ट थिए । 

ओलीले पार्टीभित्रको समिकरण आफ्नो पक्षमा पार्न सफल भएका भए उनको लागि अझै पनि दाहिना थियो । तर पार्टीका बहुमत नेताहरु खतिवडालाई निरन्तरता दिने पक्षमा नरहेपछि बल्ल बल्ल बन्न लागेको पार्टीभित्रको एकता र आफ्नो टरेको संकटमा पून संकट खडा गर्ने काममा प्रधानमन्त्री ओली लागेनन् । उनले पार्टीभित्रै आफु यो विषयमा अल्पमतमा रहेको सन्देश बाहिर जान निदन अन्ततः आफैले उपाध्यक्ष गौतमको नाम अमिलो मन लगाएर सिफारिस गरेका थिए । 

तर अझै प्रधानमन्त्रीले खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार या महत्वपूर्ण मुलुकको राजदुत बनाएर पठाउने विकल्पका बारेमा भने सोचिरहेकै छन् । आज उनले मन्त्रिपरिषद्को बैठक पछि ओली समक्ष राजीनामा बुझाउने भएपछि सरकारबाट उनको बर्हिगमन हुनेछ । उनले अबको यही प्रतिनिधीसभाको कार्यकालमा गै¥ह सांसदकै रुपमा भएपनि सरकारमा आउने बाटो समेत अब बन्द भएको छ । 

प्रतिक्रिया दिनुहोस