प्रवासी नेपालीले तीन मन्त्रीलाई एकै ठाँउमा राखेर के भने ?

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, १० : २६
प्रवासी नेपालीले तीन मन्त्रीलाई एकै ठाँउमा राखेर के भने ?

काठमाडौं । कोभिडका कारण अहिले विदेशमा रहेका नेपालीहरु पनि उत्तिकै समस्यामा छन् । रोजगारीका लागि विदेश पुगेका नेपालीहरुलाई स्वदेश फर्काउने मामिलामा सरकारका निर्णय बेलाबेला विवादित बन्न थालेका छन् ।

सरकार आफ्नै देशका नागरिकप्रति उदासिन देखिएको आरोप लागिरहेका बेला प्रवासी नेपालीले भोग्नुपरेको समस्याका बारेमा सत्तारुढ दल नेकपाकै प्रवासी समन्वय कमिटिले सरकारका तीन जना मन्त्रीलाई एकै ठाँउमा राखेर गम्भिर ध्यानाकर्षण गराएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पूल्चोकस्थित निवासमा पुगेर प्रवासी समन्वय कमिटिका अध्यक्ष र सचिवालयले सरकारका तीन मन्त्रीलाई सँगै राखेर प्रवासी नेपालीहरुको समस्याका बारेमा गम्भिर ध्यानाकर्षण गराएको छ । नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईका अनुसार, छलफलमा प्रवासी नेपालीले भोग्नु परेका समस्याहरुका बारेमा तीन जना मन्त्रीलाई सँगै राखेर अवतग गराईएको थियो । 

प्रबासी नेपालीले भोग्नु परेका समस्याहरु जस्तै सीमित उडान, महंगो भाडा, ओभर स्टे, असहाय मजदूरका समस्या, निःशुल्क उडानको आवश्यकता, नेपाली नियोगहरुको प्रभावशाली कार्यान्वयन लगायतका बिषयहरुबारे उहाँहरुसँग गम्भिर छलफल भयो, नेता युवराज चौलागाईले बताए ।    

प्रवासी नेपालीहरुको घर फिर्ती लगायत अन्य समस्याहरुबारे बैठकमा छलफल भएको चौलागाईको भनाई छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा श्रम मन्त्री रामेश्वर राय यादव लाई प्रवासी किमिटले सँगै राखेर छलफल गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस