काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो ।
पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो । बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ ।
त्यस्तै ओपन बुक प्रणालीअन्तर्गत प्रश्नपत्र तयार गरी अनलाइनबाट परीक्षा सञ्चालन गर्ने, कक्षा १२ को आन्तरिक परीक्षालाई मूल्यांकन गरी परीक्षा लिने र कक्षा ११ को परीक्षालाई आधार मानी सोही आधारमा कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्ने मोडालिटीको विषयमा छलफल गरेको छ ।
बोर्डले विद्यालयले परीक्षा दिएको प्राप्ताङ्क सम्परीक्षण गर्ने, आवश्यक परेको आधारमा धेरै नम्बर दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी पुनः प्राप्ताङ्क दिने अधिकार बोर्डले लिएर गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पाँच मोडालिटीको विषयमा छलफल भएपछि कुन आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ भदौ २०७७, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वचालित विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्रहरू
नियमित तर्फको एसइई परीक्षा सम्पन्न
पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न
एसईईको सबै तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुँदै
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने