काठमाडौं । बाराको गढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीबाट अवैध १६ लाख रुपैयाँ बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी चौकी तेलकुवाबाट खटिएको टोलीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई चेकजाँच गर्दा खोल्दा मोटरसाइकलका चालक आफूले बोकेको झोला फ्याकी भागेको र सो चेकजाँच गर्ने क्रममा १६ लाख नगद भेटिएको हो ।
उनका अनुसार झोलामा ५०० दरको १६७६ थान र हजार दरको ७६२ थान नेपाली रुपैयाँ बरामद भएका छ । घटनाबारे अनुसन्धान हुनुका साथै अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
ट्रकमा केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद
मुस्ताङमा झण्डै ७ करोडको अवैध सामान बरामद, ट्रकधनीसहित तीन जना पक्राउ
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
सुनसरीबाट ६४ किलो गाँजा बरामद