विराटनगर । कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
संक्रमणका कारण मोरङ बुढीगंगा गाउँपालिका २ की ६७ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो। स्वास्थ्य अवस्था गम्भीर हुँदै गर्दा उनलाई प्रतिष्ठानमा मंगलबार बिहान २ बजे भर्ना गरिएको थियो ।
संक्रमित महिलामा गत साउन २५ गतेबाट अत्याधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरोको समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाकाले बताए । त्यसैगरि बिरामीको दीर्घरोग मुटको उपचार हुँदै आएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै