काठमाडौं । भारत र अमेरिकाले प्रतिबन्ध लगाएसँगै नेपालमा टिकटक प्रयोगकर्ता ह्वात्तै बढेका छन् । टिकटक प्रयोगमा मात्रै नेपाल भित्रिने २५ प्रतिशत ब्यान्डविथ खपत हुन थालेपछि सेवा प्रदायकले टिकटकको ब्यान्डविथ सीमित पार्न थालेका छन् ।
छोटो भिडियो सेयरिङ गर्ने चिनियाँ एप केही सातायता विवाद र चर्चाको केन्द्रमा छ । भारत र अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका कारण देखाउँदै यो एपलाई प्रतिबन्ध लगाइसकेका छन् ।केही सातायता टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको सेवा प्रदायकको भनाइ छ ।
यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले १३ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गरेको सेवा प्रदायकहरूको तथ्यांक छ ।
कोभिड–१९ का कारण लकडाउन गर्नुअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो । लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ भदौ २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार