नवलपरासी । नेपाली काँग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ३८ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार (आज) ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि बुटवल स्थित कोरोना अस्पतालमा उपचार हुदैं आएको थियो । तर अवस्था गम्भीर बनेपछि साउन ३० गते यता पाटन अस्पतालमा राखेर उपचार थालिएको थियो । अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो।
गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएपछि मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया र पीसीआर परीक्षण गर्दा कोरोना कोरोना पोजेटिभ देखिएको थियो ।
तत्कालीन फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि गिरी कांग्रेसको जिल्ला उपसभापति बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ भदौ २०७७, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै