काठमाडौँ । प्रधानमन्त्री ओली र प्रचण्डबीच बनेको कार्यदललाई अनुमोदन गर्न नेकपाको सचिवालय बैठक बोलाइएको छ ।पार्टीभित्र देखिएको विवाद समाधानका लागि पहल गर्न नेकपाले सोमवार बिहानका लागि पार्टी सचिवालयको बैठक बोलाएको हो । बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्नेछ ।
नेकपाभित्र सहमतिको खाका बनाउन गठन गरिएको कार्यदललाई अनुमोदन गर्न सचिवालय बोलाइएको हो । शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए । माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले कार्यदललाई सचिवालयबाट अनुमोदन गराउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ साउन २०७७, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै