काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् ।
स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताउनुभयो । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।
करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताउनुभएको छ । उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
यस विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ साउन २०७७, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु
लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह
इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित