लेबनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट, ७० जनाको मृत्यु, ४ हजार बढी घाइते

एजेन्सी

बुधबार, २१ साउन २०७७, ०७ : ४९
लेबनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट, ७० जनाको मृत्यु, ४ हजार बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।  मंगलबार साँझ भएको उक्त विष्फोटमा परि चार हजार भन्दा बढी मानिस घाइते भएका छन्।   लेबनानका प्रधानमन्त्री हसन दिआबले घटनापछि राष्ट्रिय शोक घोषणा गरेका छन् ।  

समाचार एजेन्सीहरुका अनुसार विष्फोटक पदार्थ राखिएको गोदाममा विष्फोट भएको थियो । राष्ट्रपति माइकल इयोनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।’ े विष्फोट के कारणले भएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन् । 

विष्फोटबाट त्यस क्षेत्रका प्राय सबै भवनहरु ध्वस्त भएका छन्। धमकाको आवास निकै टाढासम्म सुनिएको संचारमाध्यमहरुले जनाएका छन्। विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। प्रधानमन्त्री हसनले दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।

यो धमाका सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्याबारे अदालतबाट फैसला आउनु भन्दा पहिले भएको हो । त्यहाँका अस्पतालहरु घाइते भरिएका छन् भने मानिसहरु भग्नावशेषमा च्यापिएका छन्। विस्फोट लेवनानको तटिय क्षेत्रमा भएको हो।