काठमाडौँ । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार राति भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । यस घटनामा एक चिनियाँ नागरिक पनि घाइते भएका छन् ।
यस घटनामा चीनले विज्ञप्ति जारी गर्दै भनेको छ, 'पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आतंकवादी हमलामा हाम्रा दुई नागरिकको मृत्यु भएको छ ।' चिनियाँ दूतावासले पनि आफ्नो विज्ञप्तिमा धेरै स्थानीय घाइते भएको उल्लेख गरेको छ ।
यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ । समूहले चिनियाँ इन्जिनियर र लगानीकर्तालाई निशाना बनाएको बताएको छ ।
घटनास्थलमा पुगेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरले पत्रकारहरूलाई भने कि विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लगाएको छ र नजिकैका धेरै सवारीसाधनहरू जलेको छ ।
यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ असोज २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु
विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते
सिन्धुलीमा एनसेल टावरमा विस्फोट