यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, ०७ : १०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ १२ पैसा र बिक्रीदर १३६ रुपियाँ ७२ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५५ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ २५ पैसा र बिक्रीदर १८२ रुपियाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ८६ पैसा र बिक्रीदर १६५ रुपियाँ ५९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८९ पैसा र बिक्रीदर ८७ रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ २१ पैसा र बिक्रीदर ९८ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७९ पैसा र बिक्रीदर १०४ रुपियाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६७ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २९ पैसा र बिक्रीदर ३६ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५१ पैसा तोकेको छ।

प्रतिक्रिया दिनुहोस