एजेन्सी । इजरायलको प्रमुख शहरहरू मध्ये एक तेल अभिभको दक्षिणमा अवस्थित बाटयाम शहरमा तीनवटा बसमा विस्फोट भएको थियो। यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन।
इजरायली प्रहरीका अनुसार यो एक शंकास्पद आतंकवादी हमला हो।
इजरायली प्रहरीले दुई अन्य बसहरूमा बम विस्फोट गराउने उद्देश्यले राखिएका उपकरणहरूलाई पनि निष्क्रिय पारेको बताएको छ।
इजरायलका यातायात मन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमन रोक लगाएकी छन् । विस्फोट गराउन कुनै उपकरण जडान गरिएको छ कि छैन भनेर अनुसन्धान गर्न यो गरिएको बताइएको छ ।
यसैबीच इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा "गतिविधि बढाउन" आदेश दिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ फागुन २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु
आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु
विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते
सिन्धुलीमा एनसेल टावरमा विस्फोट