भरतपुर महानगरपालिकाभित्र सुविधासम्पन्न विद्यालय सञ्चालनको तयारी

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १३ : ०६
भरतपुर महानगरपालिकाभित्र सुविधासम्पन्न विद्यालय सञ्चालनको तयारी

photo : Surya Prakash Kandel

चितवन । भरतपुर महानगरपालिका ७, कृष्णपुरमा सुविधासम्पन्न विद्यालय सञ्चालनको तयारी भइरहेको छ ।

अङ्कुरम् एकेडेमीले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी विद्यालयबारे जानकारी गराएको हो । विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले कक्षा एकदेखि १२ सम्म पढाउने गरी अत्याधुनिक प्रविधियुक्त अध्यापनको तयारीमा आफूहरु जुटेको जानकारी दिए । आठ सय जना विद्यार्थी भर्नाको लक्ष्य लिइएको र अहिले तीन सय जना विद्यार्थी भर्ना भई अनलाइन कक्षा लिइरहेको उनले बताए । अध्यक्ष चन्दका अनुसार कक्षा एकदेखि छसम्म २४ जना र सातदेखि १२ कक्षासम्म ३० जना विद्यार्थी एउटा सेक्सनमा रहने गरी व्यवस्था मिलाइएको छ ।

विद्यालयले एक महिनाको शिक्षण शुल्कसहित भर्ना शुल्क ५१ हजार रुपैयाँ तोकेको छ । शिक्षण शुल्क मासिक सात हजार रुपैयाँ र खाना, खाजा शुल्क मासिक छ हजार रुपैयाँ रहेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए । विद्यार्थीहरुलाई सकभर साइकलमै विद्यालय आउन प्रोत्साहन गरिएको र सम्भव नहुने विद्यार्थीलाई एसीसहितको बसमा आवतजावतको व्यवस्था मिलाइएको उनी बताउँछन् । बस प्रयोग गरेवापत विद्यालयलाई थप रकम तिर्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस