ढुङ्गाना मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण काम गर्ने प्रतिवद्धता

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १७ : २४
ढुङ्गाना मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित

चितवन । नेकपा चितवनका सचिवालय सदस्य प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएका छन् ।  निकुञ्जको मुख्यालय कसरामा भएको निर्वाचनबाट उनी पाँचबर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित ढुङ्गानाले मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा प्राथमिकताका साथ काम गर्ने बताए । उनले मध्यवर्तीका नागरिकको समस्या समाधानमा आफू अहोरात्र लागी पर्ने बताउँदै जनभावना अनुरुप काम गर्ने  प्रतिबद्धता जनाए ।

व्यवस्थापन समितिमा चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति आबद्ध छन् । सबै उपभोक्ता समितिका अध्यक्ष स्वतः व्यवस्थापन समितिमा पदेन सदस्य रहन्छन् । २२ वटा उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ ।

ढुङ्गाना वरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बनेका थिए । तीन प्रदेश, चार जिल्ला र १२ पालिकाको ७ सय २९ बर्गकिलोमिटर क्षेत्र चितवन निकुञ्जको मध्यवर्तीमा पर्छ । 

प्रतिक्रिया दिनुहोस