काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।
गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको भनाइ छ । यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भएपनि ती मुलुकहरूमा पछिल्लो समयमा सङ्क्रमण घट्दो क्रममा रहेको देखिन्छ । यद्यपि महामारी नियन्त्रणमा नै आइसकेको भने होइन ।
पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सवैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित देशमा पर्दछन् ।
डब्लुएचओकी एक जना प्रवक्ताले भन्नुभयो, “पछिल्लो समय कतिपय देशहरुमा सङ्क्रमितहरुको सङ्ख्या झन झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।” गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना सङ्क्रमितहरु थपिने गरेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ साउन २०७७, २२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ