वालुवाटारमा ओली भेटेर आएपछि प्रचण्डले किन त्यसो भने ?

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, २० : ०२
वालुवाटारमा ओली भेटेर आएपछि प्रचण्डले किन त्यसो भने ?

काठमाडौं । सत्तासिन नेकपाभित्रको विवाद जँहीको त्यही छ भन्ने संकेत आज नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले राजधानीको एक कार्यक्रममा ब्यक्त गरेको सम्बोधनले देखाएको छ । ओलीले अर्ली महाधिवशेनको क्षेप्यास्त्र फालेपछि प्रचण्ड र माधव नेपाल एकै ठाउँमा छन भन्ने कुराको प्रमाण पनि आजको एक सार्वजनिक कार्यक्रममा एकै ठाउँमा बसेर नेताद्दयले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली विरुद्द दिएका अभिब्यीक्तले प्रमणित गरिदिएको छ । 

वालुवाटारमा आगामी १३ गतेको स्थायी समिति वैठकलाई निष्कर्षमा पुर्याउने विषयमा प्रधानमन्त्री ओलीसँग दुई घण्टा लामो संवाद गरेर पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका दाहालले ओली विरुद्ध पार्टीभित्रको विवादपछि पहलिो पटक चोटिलोर निक्कै आक्रामक अभिब्यक्ति दिएका छन् । 

के भनेका थिए प्रचण्डले ?
नेकपाभित्र चोचोमोचो मिलाएर एकता हुने होइन, बाहिर र पार्टीभित्र चल्ने संर्घषवाट नै एकता बलियो हुने हो । तथाकथित एकताको माला जपेर एकता हुने होइन । संर्घषवाट एकता मात्रै प्राप्त हुन्छ भन्ने जरुरी छैन । एकता संर्घष र रुपान्तरण , नयाँ आधारमा नयाँ एकता हासिल गर्ने विधि पद्दती र सोच अबलम्वन गर्नुपर्छ । आर्दशवादी भ्रममा बस्नु हुनु पदैन । 

हिजो नीति एउटा पारित हुने नतेत्व अर्काेको हुने अवस्था आयो । आजको पनि त्यस्तै छ की ? २०१४ सालमा पुष्पलालको जनवादी क्रान्तिको नीति पारित भएपनि राजापरष्त केशरजंग रायमाझी आए । अहिले पनि त्यस्तै हुन खोजेको हो की ? 

हामीले २०७५ मा दुई धारलाई एकता गरयौं । निकै ठूलो भरोसा पैदा भयो । जनताले हामीलाई निर्वाचनमा विजयीवनाएर पनि पठाए । तर पार्टीमा समस्या देखा परे । त्यसपछि  अब के हुन्छ ? प्रश्न उठेका छन् । 

यस्तो नेपाल,यस्तो देश दिन्छौं भनेर भनेका हौं । सामुहिक रुपले विकास गर्छौ  , समाजवादी राजनीति र संस्कृति अर्थतन्त्र तिर लान चाहान्छौं भनेर चुनावमा अभियान चलाउदै गर्दा उत्साह पैदा गरेका थियौं, त्यसलाई कति कायम गर्यौ , कति गरेनौं । वडो सन्त्रास लिएर बस्नुपर्ने अबस्था । एकता प्रक्रिया टुगिग्एको छैन, किन यस्तो अबस्था आयो । पार्टीमा यही प्रश्नको जवाफ खोज्ने प्रयास गरिरहेका छौं । 

सामुहिक नेतृत्व मा चल्ने, ब्यक्तिगत जिम्मेवारी लिएर हिडने पार्टी कम्युनिष्ट हो । तर सामुहिक नेतृत्व लिएर हिडदा २ वर्षसम्म केन्द्रीय समितिको वैठक बस्न सकेनौं । जबकी ६, ६ महिनामा विधानमा केन्द्रीय समितिको वैठक बस्ने ब्यवस्था छ । त्यसमा हामी चुक्यौं । समस्या आउदा सामुहिक छलफल गर्ने र छलफलका आारमा जे निचोड निस्कन्छ,त्यो निचोडको पालना गर्ने विधिको पालना गर्ने काम वैठक नै नबसेपछि सामुहहिक छलफल र निष्कर्ष भन्ने भएन । 

यसले सरकार र पार्टीको सम्वन्ध । पार्टी भनेको विवेक र सरकार भनेको सत्ता । विवेक र सत्तामध्ये कुन प्रधान हो भन्यो भने हामी माक्र्सवादीहरु, कम्युनिष्टहरुले मान्नेकुरा भनेको विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । 

सत्ताले पार्टीमाथी हैकम जमाउने जस्तो स्थिती भयो भने त्यो हाम्रो वैज्ञानिक मान्यताभन्दा वाहिरको विषय हुन जान्छ । दुई वर्षको हेरयौं भने विवेकले सत्ता नेतृत्व गर्ने भन्दा विवेकमाथी सत्ता हावी हुने हो की ब्यीक्तको अधिनस्थ कतै समुह भएर जाने हो की खतरा पैदा भएको पो हो की ? तपाईहरुले पक्कै विचार गर्नुभएको होला ।

हामीले सुसासन भन्यौं, जनतालाई दिने तर श्रृखलावद्ध रुपमा उठिरहने प्रश्नहरु भष्टाचारसँग सम्वन्धित प्रश्नहरुको निरुपण र निराकरण गर्नेतिर हामी कति सफल भयौं या भएका छैनौं भन्ने प्रश्नहरु उठेका छन् । 

हामीले विचारलाई प्राथमिकता दिने या पावरलाई पा्रथमिकता दिने भन्नेमा हामी कसरी गईरहेका छौं, हुदा हुदै हाम्रो पार्टीमा वैठक नै वस्न पनि निक्कै ठूलो कसरथ गर्नुपर्ने,वैठक वसिसकेपछि वैठकको महत्व , त्यसको ओज र गरिमालाई कामय राख्ने की नराख्ने भन्ने तर्फका बहसहरु तपाई हामीले सुन्न परिरहेकै छ । 

पार्टीभित्र नक्साको विषय उठ्यो । भारतले नेपालको भू भाग समेतलाई गाभेर नक्सा निकाल्यो । म त्यक्तिवेला जे भएपनि कार्यकारी को रुपमा स्थायी समिति वैठकको अध्यक्षता गदै थिए । भारतले हाम्रो भूमि मिचेर नक्सा निकालेको छ, त्यो विल्कुल गलत भएको छ । त्यसकारण हामीले अरुको भूमि लिएर होइन, हामी आफनो एक इन्च भूमि पनि छोडदैनौं सक्दैनौं  भनेर स्थायी समितिको वैठकवाट तुरुन्तै नक्सा प्रकशित गर्नुपर्छ भनेर निर्णय गरयौं । महिले सरकारलाई यो नक्सा प्रकशन गर्न ढिलाई गर्नुहुदैन भनेर पुस महिनामा नक्सा निकाल्ने कुरा गरियो । तर सरकारले नक्सा निकाल्ने भन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको सायद तपाईहरुले सुन्नुभयो होला । 

पहिले उनीहरुले नक्सा निकाले हामीले पनि नक्सा निकालिहाल्यौं, भूमि फिर्ता गर्ने काम पन हामीले पनि गर्नेपर्छ भन्ने थियो । माघमा बसेको केन्द्रीय समिति वैठकमा पनि नक्सा छिटो प्रकाशित गर्नुपर्‍यो  भन्ने नीति केन्द्रीय समितिले गर्‍यो  । र त्यो नक्सा छिटो प्रकशन गर्नका लागि सरकारलाई सुझाव दिइयो । 

तर अन्तिम मा आउदा सम्म नक्सा प्रकाशनको तयारी भएको देखिएन । अन्तिममा नीति तथा कार्यक्रम सम्वन्धमा राष्टपतिको सम्वोधन हुने दिनमा विहान एकैछिन वसेको सचिवालय वैठकमा हामीहरुले नक्सा प्रकाशन गर्नेकुरा नीति तथा कार्यक्रममा राख्नै पर्छ भन्यौं । र अन्तिममा प्रधानमन्त्री पनि त्यसमा सहमत हुनुभयो र वैठकवाटै त्यहीवाट मुख्य सचिवलाई फोन गरेर यो भाषा थप्न परयो त्यो प्रेसमा छापिदै थियो । त्यहा पुगेको वेला नक्सा सार्वजनिक गर्नेकुरा वैठकवाट पारित गरियो । 

एक जना कमरेडले  भन्नुभयो पार्टीले निर्णय गरेपछि कति राम्रो हुदो रहेछ त ? पार्टीको निर्णय सरकारले मानिदिदा नक्सा प्रकशित भयो, संविधान संसोधन भयो सम्पूर्ण  भयो जनता गौरवान्ति भए, जनतामा राष्टिय एकता कायम भयो । साझा भावना देखा  पर्‍यो । पार्टीको निर्णय भन्दा वाहिर सरकारले काम गर्दा वाहिर कति विवाद जन्मिए, अन्यौल जन्मिए भन्नेकुरा राख्दै हुनुहुन्थ्यो । 

पार्टी निर्णय सर्वाेपरी हो । त्यहा सामुहिक अभिब्यक्ति भएको हुन्छ । विवेकले सरकारले पालना गर्दा राष्टिय रुपमा ठूलो महत्व हुन्छ र अहिले हामी सवैले त्यस विषयमा सरकारलाइृ धन्यवाद भनेका छौं । किनकी प्रधानमन्त्रीले नमानिकन त्यसलाई वैधानिकता प्राप्त हुन सक्दैनथ्यो । पार्टीले मात्र निर्णय गरेर पुग्दैनथ्यो । वैधनिकताका लागि सरकार चाहिन्थ्यो । तर फेरी पार्टीको सामुहिक विवेक बाट पालना गरेको निर्णय सवै ब्यीक्तको खल्तीमा हाल्ने प्रयास भयो भने त्यो प्रयास इमान्दार प्रयास हुन सक्दैन । 

त्यसले त्यहा अर्काे फेरी दिग्भ्रम पैदा हुनछ । यो सिंगो राष्ट्रले गर्व गर्नेकुरा हो । सबैको राष्टिय एकता र कम्युनिष्ट पार्टीको सामुहिक विवेकको प्रतिफल पनि हो । 

सरकारले वैधानिकता प्राप्त गरेकोले त्यो पनि धन्यवाद को पात्र छ । यो त्यही पार्टी जसले नक्सा समयमै प्रकाशित गर्ने भनेर निर्णय  गरायो, उनीहरु राष्टघाती या दलाल, जसले यसलाई प्रकशित गर्न यति महिना ढिलो गर्‍यो उ चाँही  फेरि देवत्वकरण भन्ने हुन सक्दैन । 

हामी सबैले बुझ्नुपर्छ । यसो गरियो भने त्यहाँ  इमान्दारिता र पारदर्शीता भन्ने भएन । त्यहा विवकेले काम गरेको भन्ने हुदैन् । यसमा सबै सचेत हुनुपर्छ । चुनावका बेला  हामीले जे भनिएको हो, हामी त्यसरी जान सकिएको छैन । अहिले वैठक चलिरहेको छ । मैले सार्वजनिक रुपमा पहिला पनि भनेको छु । 

पार्टी संकटमा छ । साचो कुरा अहिले ठिकठाक छ भनेर भन्यो भने त्यो सत्य होइन । पार्टी संकटमा छ । अहिले हाम्रो पार्टीको वैठक चल्दा चल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्ष समेतको सक्रियता र पहलमा भएको छ । 

त्यसकारण यसले संकटलाई  ब्यक्त गरेकै छ । त्यो तपाईहरुले देखनुभएकै छ । अहिले दशेभरी केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भएको छ । तपाईहरुले देखिरहनु भएकै छ , मुर्दावाद र जिन्दावादका नारा हामी पार्टीमा छलफल गरिरहेका छौं, पार्टीलाई कसरी एकतावद्ध र गति दिने भन्ने वारेमा हामी केन्द्रीत भएर कुराकानी गदैछौं, तर देशभरी जसलुस भएको छ । 

हामीले साथीहरुले सोध्छन दशेभरीवाट हामीले भनेका छौं, धैर्य लिनुस् । पार्टी एकताको पक्षमा उभिनुस् भनेर भनिरहेका छौं । तर त्यसप्रकारको प्रचारवाजी भईरहेको छ । यसले पार्टी संकटमा छ भन्ने देखाएको छ । पार्टी सामान्य स्थितीमा छैन । 

एकताका वेला एकताको केही आधारहरु वनायौं । वचौरिक राजनीतिक रुपमा माक्र्सवाद लेनिनवाद हाम्रो निर्देशक सिद्दान्त भनेर सर्वसम्मत रुपमा मानेका छौं । हामीले राजनीतिक कार्यदिशाको रुपमा जनताको वहुदलीय जजनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवाद सम्वन्धि मान्यतालाइृ विकसित गर्नुपर्छ अवको नयाँ चरणमा परिमार्जन गर्नुपर्छ भन्दै समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको हाम्रो कार्यदिशा भन्यौं । 

तर हामीले हेरयौं भने हामी फेरी पछाडी फर्किन खोजेको संकेतहरु देखा परेका छन् । विभन्नि ठाउमा केहीले एक्काइशौं शताब्दीको जनवाद जिन्दावाद भन्यौं भने, केहीले जनताको वहुदलीय जनवाद जिन्दावाद भन्यौं भने या माओवाद जिन्दावाद भन्यौं भने अहिले न महाधिवशेनका लागि छलफल खुल्ला गरिएको छ, त्यो खुलला नगरीकनै त्यासो भनियो भने त्यो अगाडी गएको ठहरिदैन । त्यो पाटीृ एकताको पक्षमा गएको ठहरिदैन । तयो पार्टी विभाजनतिर  जर्वजस्त वल प्रयोग भईरहेको छ भन्ने तिर मात्र त्यसले संकेत गर्छ । 

मैले यसो भन्दा नेताहरुको ध्यानाकृष्ट गछु  हामीले पाटीृ एकता गर्ने वेलामा जनताको वहुदलीय जनवादलाइृ निषेध गर्ने काम गरेका छैंनौं, माओवादीको १० वर्षे जनयुद्ध र एक्काइशौं शताब्दीको जनवादलाई निषेध गर्ने काम गरेका छैना, दुवैका उच्च मूल्याकन गरिएको छ । मदन भण्डारीको राजनीतिक योगदान र गतिशिलतालाई  उच्च मूल्याकन नै गरिएको छ । 

तर अब पार्टी एकताको गर्दा जनताको समाजवाद लाई विकसित र परिकृष्त गर्न पर्छ भनिएको छ ।  अब मैले माओवाद र एक्काइशौं शताब्दीको जनवाद र अर्काेले जनताको वहुदलीय जनवाद जिन्दावाद भन्न थाल्यौं भने हामीले पाटीृ एकता गरेको ठहरिदैन । हामी कही न कही विभाजन तिर जान खोज्दैछौं ।  विचार, भावना र सम्वेदनशीलतालाई हामीले सम्वोधन गर्नेतिर होइन, भन्ने तिर देखिन्छ । 

अहिले जुलुस ननिकाल्यौं, हामी पार्टीमा एक्ताकै निम्क्त छलफल गरिरहेका छौं, हामी ले त्यो भन्दा वाहिर गएर गर्नु उचित छैन । पार्टी भनेको विचार र विधि हो ।  विचार र विधको संयोजन नै पार्टी हो । त्यसमाथी कम्युनिष्ट पार्टीमा।

विचार र विधमिा एकरुपता गर्नु प्रयास गर्नुपर्छ । एकताप्रति माया छैन तपाईलाई भने कुनै न कुनै रुपले क्षति पुग्ने काम गर्नुहुन्छ । तपाईलाई सामुहिक निर्णय प्रति विश्वास छैन भने ब्यक्तिगत फैसल्लालाई नै सर्वाेपरी ठान्नुहुनछ । त्यसो  ठानियो भने यो एकतालाई निरन्तर गति दिने र विकसित गर्न सम्भव हुदैन । हाम्रो अहिले जे वहस चलेको छ,अन्तत विकासको वहस, विधिको वहस पदद्दीको वहस , सामुहिक निर्णय या के भन्ने वहस, पुजीवाद तिर हो की समाजवाद तिर भन्ने वहस यसैभित्र अन्र्तनिहित छ । 

कता कता पदका निम्क्ति झगडा, लुछाचुडी हो की भनने देखिएको छ, त्यो वास्तवमा सच्चाउनै पर्ने भएको छ । विचार, विधि, पद्दती र समाजवादी अर्थतन्त्र, राजनीति संरचना सस्कृति कस्तो हुने भन्ने वहस हो । रियलमा चलिहरहेको वहस यो चही हो । यो कार्यकर्तामा लान जसरी सक्नुपर्ने थियो, लानुपर्छ । विचारकै वहस हो । ब्यक्तिमा पदमा जाने को भन्ने मुख्य होइन । विचार सँग जोडिएर नतेृत्व पनि आउँछ नै । 

हामी अहिले कुनै स्थितीमा पार्टी विभाजन रोक्ने अन्तिम समयसम्म प्रयास गदैछौं । र पार्टी विभाजन  हुन दिइने छैन, यो विश्वास पनि दिलाउन चाहान्छौं । पार्टीलाई एकतावद्ध राखिरने, विचार केन्द्रीत र विधि पद्दतीमा चल्ने पार्टी वनाइने छ । विचार अझ स्पष्ट भएर आउने छ , विधी पालना गर्ने स्पष्ट भएर आउनेछ । कोही आत्तिनु पदैन । 

अब  सही र सचेत योजनावद्ध संर्घषमा अगाडी बढन अपिल गर्छु । 

प्रतिक्रिया दिनुहोस