लकडाउनमा कांगेसद्वारा सरकारको समीक्षा : हात लाग्यो शून्य

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १७ : २०
लकडाउनमा कांगेसद्वारा सरकारको समीक्षा : हात लाग्यो शून्य

काठमाडौँ । नेपाली कांग्रेसले लकडाउनको समयमा प्रधानमन्त्री केपी ओली सरकारको समीक्षा गरेको छ । महामारी रोक्ने नाममा सरकारले अर्थतन्त्रमा अर्बौंको क्षति पुर्‍याएर ‘हात लाग्यो शून्य’ भएको निष्कर्ष कांग्रेसले निकालेको छ। कांग्रेसले लकडाउनको समीक्षा गर्न समेत सरकारलाई सुझाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १२० दिनको प्रारम्भिक समीक्षा गर्दै प्रवक्ता शर्माले सरकारले लकडाउनलाई सत्तासंघर्षको माध्यम बनाएको ट्वीटमार्फत उल्लेख गरेका छन्। ट्वीटमा उनले दुई विवादास्पद अध्यादेश मार्फत एउटा दल फुटाउने षड्यन्त्र भएको बताए। अध्यादेश मार्फत नै सांसद अपहरणको कार्य भएको समेत उनले बताएका छन्।

लकडाउनकै समयमा  विवादास्पद अभिव्यक्तिहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको कांग्रेसको समीक्षामा उल्लेख छ।  यसै समयमा राष्ट्रपति पदको समेत दुरुपयोग भएको उल्लेख गर्दै प्रवक्ता शर्मा लेख्छन्, ‘राष्ट्रपति संस्थाको दुरुपयोग, जनता मर्नु मरिरहे, संक्रमण बढ्नु बढी रह्यो, कमरेडहरुको सत्ताद्वन्द्व चलिरह्यो।’

१२० दिनको लकडाउनमा स्वास्थ्य संक्रमण नघट्नुका साथै सत्तारुढ दलका अनेक सत्ता संघर्षका घटनाले लकडाउनमा उपलब्धिभन्दा क्षति भएको कांग्रेसको निष्कर्ष छ। 


 

प्रतिक्रिया दिनुहोस